धुर्कोटमा मतगणना अनिश्चित; उम्मेदवारमाथि हातपात

काठमाडौँ । गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसीथोकमा नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार गोपाल थापामाथि हातपात भएपछि मतगणना अनिश्चित भएको छ।

जिल्लाका अन्य पालिकामा मतगणना चलिरहँदा धुर्कोटमा भने सर्वदलीय बैठक पनि बस्न सकेको छैन। शुक्रबार साँझ करिब ९ बजे पालिका केन्द्र बर्बोटमा माओवादी–एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा वडाध्यक्षका उम्मेदवार थापा घाइते भएका हुन्। झडपमा थापासँगै जैसीथोकका निरञ्जन कुँवर र सञ्जय नेपाली पनि घाइते भएका छन्।

घाइतेहरूको गुल्मी जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटबल पठाइएको छ। झडपमा सहभागी धुर्कोट रजस्थलका पाँच र गुल्मी दरबार गाउँपालिकाका एक गरी ६ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए। निर्वाचन अधिकृत मुना पौडेलका अनुसार घटनाका कारणले धुर्कोटमा सर्वदलीय बैठक पनि शुरू हुन सकेको छैन।

मुचुल्कामा हस्ताक्षर गरेका दलहरूबीचमा सर्वदलीय बैठक राख्नुपर्ने भए पनि कांग्रेसबाट प्रतिनिधि नआउँदा बैठक बस्न नसकेको उनले बताइन्। हाल सर्वदलीय बैठकका लागि प्रयास भइरहेको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *