चितवनका तीन पालिकामा एमालेको अग्रता, भरतपुरमा हुन सकेन मतगणना

चितवन। चितवनको ६ पालिकामा यतिबेला मतगणना जारी रहेको छ।

भरतपुर महानगरपालिमा दलहरूबीच मतगणनाको विषयमा छलफल चलिरहेको छ। भरतपुर महानगरबाहेक चितवनका अन्य ६ पालिका रत्ननगर, राप्ती, खैरहनी, कालिका, माडी र इच्छाकामनामा मतगणना जारी छ। राप्ती, माडी र इच्छाकामनामा एमालेले अग्रता लिएको छ। खैरहनी र कालिकामा कांग्रेसले अग्रता लिएको छ।

राप्ती–६ मा ८०० मत गन्दा मेयरका उमेदवार एमालेका गोविन्द्र प्रसाद कँडेलले ४४२ र गठबन्धनतर्फबाट नेकपा एकिकृत समाजवादीका शमशेर लामाले ३१६ मत ल्याएका छन्। उपमेयरका उमेदवार एमालेकी मेनुका पाठकले ४७२ र कांग्रेसका देवेन्द्र लामाले २९३ मत ल्याएका छन् ।

माडी–१ मा ६०० मत गन्दा मेयरका उमेदवार एमालेकी ताराकाजी महतोले २७१ र माओवादी केन्द्रका ऋषी काफ्लेले २४१ मत प्राप्त गरेका छन्। उपमेयरका उमेदवार कांग्रेसका खेम महतोले २३१ र स्वतन्त्र उमेदवार कृष्ण पौडेलले १८४ मत ल्याएका छन्।

कालिका–१ मा ३०० मत गन्दा मेयरमा एमालेका विनोद रेग्मीले ११९ र कांग्रेसका शिवराम केसीले १२१ मत प्राप्त गरेका छन्। उपमेयरमा एमालेकी बिमला लामाले ११९ र माओवादीकी सविता लामाले ११४ मत ल्याएका छन्। खैरहनी–२ मा ४०० मत गन्दा मेयरका उमेदवार कांग्रेसका शशी खनियाले २७१ र एमालेका लालमणी चौधरीले ८७ मत ल्याएका छन्। रत्ननगर पालिकाको प्रारम्भिक नतिजा आइसकेको छैन।

इच्छाकामना–१ मा ६०० मत गन्दा अध्यक्षमा एमालेका दान बहादुर गुरुङले २८४ र कांग्रेसकी गीता गुरुङले २६० मत ल्याएकी छन्। उपाध्यक्षमा एमालेकी माया सिलवालले २९२ मत र माओवादीका प्रताप गुरुङले २६५ मत प्राप्त गरेका छन्। चितवनमा ७३.२६ प्रतिशत मत खसेको छ। जिल्लामा तीन लाख ९७ हजार ६८५ मतदाता छन्। निर्वाचन कार्यालय चितवनकाअनुसार सबैभन्दा धेरै कालिका नगरपालिकामा ७८।१५ प्रतिशत मत खसेको छ।

सबैभन्दा थोरै भरतपुर महानगरपालिकामा ६७ प्रतिशत मत खसेको निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिए।
रत्ननगर नगरपालिकामा ७४।८६ प्रतिशत, खैरहनी नगरपालिकामा ७४.२५ प्रतिशत, राप्ती नगरपालिकामा ७३ प्रतिशत, माडी नगरपालिकामा ७२।३७ प्रतिशत र इच्छाकामना गाउँपालिकामा ७६.८० प्रतिशत मत खसेको कार्कीले जानकारी दिए।

भरतपुरमा एक लाख ८५ हजार ७५२, रत्ननगरमा ५२ हजार ६४२, राप्तीमा ४० हजार ६४९, खैरहनीमा ४३ हजार ५३१, कालिकामा ३१ हजार १५७, माडीमा २८ हजार ३२० र इच्छाकामनामा १५ हजार ६३४ मतदाता छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *