चितवनको राप्तीमा एमालेको अग्रता

चितवन। चितवनको राप्ती नगरपालिकामा नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ।

राप्तीको वडा नं ६ बाट मतगणना सुरु गरिएको हो। राप्तीमा हालसम्म ८०० मत गणना भएको छ। राप्तीका मेयर र उपमेयरमा एमालेले अग्रता लिएको छ। मेयरमा एमालेका उमेदवार गोविन्दप्रसाद कँडेल (सूर्य) ४४२ मत ल्याएका छन्। गठबन्धनबाट शमशेर लामा (कलम) ले ३१६ मत ल्याएका छन्।

यस्तै, मेयरमै मनोज अधिकारी (हलो) ले ९ मत, बिक्रमी महतो (चङ्गा) ले १७ मत, कुशल पाठक (कम्युटर) ले ३ मत ल्याएका छन्।
राप्तीमा हालसम्म बदर मत १०१ भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *