भरतपुरमा आजै रातिबाट मतगणना सुरु गरिने, सबै मतपेटिका सङ्कलन (तस्वीरसहित)
२०७९ वैशाख ३० गते

चितवन । भरतपुर महानगरपालिकाको मतगणना आजै रातिबाट हुने भएको छ।
भरतपुरको मतपेटिका संकलन गर्ने काम सकिएको निर्वाचन कार्यालय भरतपुरले जनाएको छ। अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र भरतपुरमा मतगणना हुने भएको निर्वाचन कार्यालय भरतपुरका प्रमुख भीमसेन कार्कीले जानकारी दिए।
भरतपुर महानगरको २९ वडाबाट मतपेटिका प्रदर्शनी केन्द्रमा ल्याइएको छ। मतपेटिका सङ्कलन भइसकेको र सर्वदलीय बैठकपछि मतगणना कार्य सुरु हुने निर्वाचन प्रमुख कार्कीले बताए।
तस्वीरहरूः




२०७९ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित









