पोखरा र विरगञ्जमा शनिबारदेखि मतगणना गर्ने तयारी

काठमाडौँ । आज शुक्रबार देशैभर स्थानीय तहको निर्वाचन अन्तर्गत् मतदान कार्यक्रम सम्पन्न भएको छ।

निर्वाचन आयोगले आजै २० प्रतिशत मतको गणना हुने पूर्वानुमान गरेको भएपनि धेरै स्थानीय तहमा भोलि शनिबारदेखि मात्र मतगणना शुरू गर्ने गरी तयारी भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले केही दिनअघि नै पूर्वानुमान गरे अनुसार नै धेरै ठाउँमा पानी परेका कारण मतदान कार्य प्रभावित भएको थियो भने मतदानपछि मतपेटिका सङ्कलनमा पनि वर्षाका कारण समस्या भइरहेको छ।

वर्षाका कारण मतपेटिका सङ्कलनमै समस्या भएपछि पोखरा महानगर र विरगञ्ज महानगरमा मतगणना आज नहुने भएको छ। पोखरा, विरगञ्जमा मात्र नभएर ललितपुर महानगरमा समेत भोलि शनिबारदेखि मात्रै मतगणना शुरू गरिने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *