देशभर सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा प्रधानमन्त्री देउवाद्वारा धन्यवाद ज्ञापन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले देशभर निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै हार्दिक धन्यवाद ज्ञापन गरेका छन्।

देशभर आज सम्पन्न स्थानीय तह निर्वाचनको चुनावमा उत्साहपूर्वक सहभागी भई मतदान गरिएको भन्दै प्रधानमन्त्री देउवाले खुशी व्यक्त गरेका हुन्। देउवाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘ देशभर आज सम्पन्न स्थानीय तह निर्वाचनमा उत्साहपूर्वक सहभागी भएर निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउनु भएकोमा सम्पूर्ण मतदाता दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।’

साथै, उनले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न अहोरात्र खटिएका निर्वाचन आयोग, राष्ट्र सेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, पत्रकार, राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्येवक्षकलगायत सबैलाई सम्बोधन गरी धन्यवाद दिएका हुन्।

प्रधानमन्त्री देउवाद्वारा लिखित फेसबुक स्टाटसः
No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *