मतदानको दिन सुनसान काठमाडौँका सडक (तस्बिरहरू)

काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तर्गत आज मतदान हुँदैछ । निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ ।

निर्वाचनमा वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका र मतदाता नामावलीमा नाम समावेश भएकाहरूले मतदान गर्न पाउनेछन् । भोट हाल्न नागरिकहरू उपत्यकाबाट आ-आफ्नो जिल्लामा फर्किएपछि काठमाडौँ उपत्यकाका सडक सुनसान बनेका छन् ।

यसअघि बाक्लो चहलपहल हुने सडकहरू सुनसान बनेका हुन् । यसपालिको निर्वाचनमा मतदातामा छुट्टै उत्साह देखिएको छ भने मुलुक नै निर्वाचनमय बन्न पुगेको छ । मुलुकभर एकैपटक निर्वाचन हुन लागेकाले पनि वातावरण थप उत्साहित छ ।

आज सरकारले सार्वजनिक बिदा दिएको, भोलि शनिबार परेको र जेठदेखि हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारी निर्णयअनुसार आइतबार र सोमबारसमेत बिदा परेकाले पनि नागरिकहरू केही दिनको छुट्टी लिएरै गाउँ फर्किएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *