दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौँ । दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ।

नवलपरासी(पश्चिम)को रामग्राम नगरपालिका-१० नदुवा चोकस्थित सडकमा लु.४९ प ५३६८ नंको मोटरसाइकललाई हाल नं नखुलेको टिपरले हिजो बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक रामग्राम नगरपालिका-६ पोखरापाली बस्ने  ४० वर्षीय हरिद्वार यादवको घटनास्थलमै मृत्यु भएको छ। घटनामा शंकास्पद २ वटा टिपरलाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरिरहेको छ। 

त्यस्तै, मोरङको सुन्दरहरैचा नगरपालिका-९ आदर्श चोकस्थित सडकमा को.३५ प ७१३८ र प्रदेश १-०२-०४४ प ६३४२ नंका दुई मोटरसाइकल एकआपसमा ठोक्किन पुग्दा हिजो बुधबार साँझ दुर्घटनाग्रस्त भएका हुन्। प्रदेश १-०२-०४४ प ६३४२ नंको मोटरसाइकल चालक सोही नगरपालिका-९ बस्ने ३५ वर्षीय नवराज राईको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका राईको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका को.३५ प ७१३८ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका-११ बस्ने २८ वर्षीय बिमल ईजम र सोही मोटरसाइकलमा सवार सोही नगरपालिका-९ बस्ने ३२ वर्षीय ईन्द्र कुमार लिम्बुको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान जारी रहेको बताएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *