अवैध लागूऔषध गाँजासहित १९ वर्षीय युवक पक्राउ

काठमाडौँ । सर्लाहीको मलंगवा नगरपालिका-८ राजश्री हल नजिक बस्ने १९ वर्षीय रुस्तम कुमार यादवलाई प्रहरीले अवैध लागूऔषधसहित पक्राउ गरेको छ।

यादवलाई प्रहरीले १३ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजासहित हिजो बुधबार राति प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले शंका लागि उनलाई जाँच गर्ने क्रममा सो परिमाणको गाँजा फेला पारेको हो।

घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान जारी रहेको बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *