सरकार तानाशाही र स्वेच्छाचारी भएको एमालेको आरोप, संसद्मा प्रतिवाद गर्ने

काठमाडौँ । नेकपा (एमाले) ले सरकार तानाशाही, स्वेच्छाचारी तथा अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको आरोप लगाउँदै त्यसविरुद्ध संसद्मा सशक्त ढंगले प्रस्तुत हुने निर्णय गरेको छ ।

मङ्गलवार पार्टी मुख्यालय च्यासलमा बसेको एमाले संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिए ।

उनकाअनुसार सरकारको नीति, व्यवहार र कार्यशैली संविधान, लोकतन्त्र, विधिको शासन तथा कानुनी राज्यको मर्मविपरित रहेको एमालेको निष्कर्ष छ । उनले सरकारले संविधान, लोकतन्त्र र राष्ट्रिय हितविरुद्ध काम गरिरहेको आरोप पनि लगाए ।

उनले भने ‘सरकार तानाशाही र स्वेच्छाचारी बाटोमा हिँडिरहेको छ । सरकार अधिनायकवादी बाटोमा हिँडिरहेको छ । यसले विधिको शासन र कानुनी राज्यको बर्खिलाप रहेको छ । सरकार संविधान, लोकतन्त्र र राष्ट्रकै विरुद्धमा रहेको छ, सुखी नेपाली समृद्ध नेपालको विरुद्धमा छ । त्यसकारण जुन प्रकारको सरकारको नीति, व्यवहार र कार्यशैली छ यसका विरुद्ध सदनमा पार्टीलाई दृढतापूर्वक प्रस्तुत हुने प्रस्ताव पारित गरेका छौँ ।’

सरकारको कार्यशैलीले विधिको शासन कमजोर बनाएको तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षासमेत प्रभावित भएको दाबी उनको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =