काठमाडौँको कलङ्कीमा टिप्परको ठक्करबाट एक पुरुषको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ कलङ्की चोकमा टिप्परको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार बा ५ ख ७३४५ नं को टिप्परले बा ८० प ६३७३ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धादिङ धुनिबेँसी नगरपालिका–२ का ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको हो। उक्त दुर्घटनापछि टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उता ललितपुर महानगरपालिका–२४ घापाखेल बस्ने सिरहाका २६ वर्षीय भीम विकको करेन्ट लागेर मृत्यु भएको छ।

सोही ठाउँ बस्ने नारायण घिमिरेको निर्माणाधीन तीन तले घरको माथिल्लो तलामा काम गर्ने क्रममा मंगलबार करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा पाटन अस्तपालमा मृत्यु भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *