पृथ्वीसुब्बा गुरुङले आचारसंहिताविपरीत मागे भोट

काठमाडौँ । नेकपा एमालेका प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले निर्वाचन आचारसंहिताविपरीत पार्टीलाई भोट मागेका छन् ।

स्थानीय तह निर्वाचन अन्तर्गत गएराति १२ बजेबाट मौन अवधि सुरु भएको छ । तर, नेता गुरुङले बुधबार बिहान ८ बजेर १० मिनेट जाँदा आफ्नो आधिकारिक फेसबुक पेजमा आफ्नै भिडियो सेयर गर्दै भोट मागेका हुन् ।

निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा सामाजिक सञ्जालबाट समेत भोट माग्न पाइँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *