भोट हाल्न उपत्यका छाड्नेको लर्को (तस्बिरहरू)

काठमाडौँ । विभिन्न कामले काठमाडौँ उपत्यकामा रहेका नागरिक स्थानीय तह निर्वाचनका लागि जिल्लामा फर्कने क्रम बढेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विगत केही दिनदेखि उपत्यकाबाट जिल्ला फर्कने क्रम बढेको हो ।

मतदाता नामावली जिल्लामा रहेकाले यही वैशाख ३० गते हुने मतदानमा मताधिकार प्रयोगका लागि उपत्यका छाडेका उनीहरूले बताएका छन् ।

अहिले दैनिक काठमाडौँ आउनेभन्दा बाहिरिने बढिरहेका छन् । यो क्रम वैशाख लागेदेखि नै शुरु भएको र हाल झनै बढिरहेको हो ।

अन्य समयमा औसत दैनिक १० देखि १५ हजार मानिसले काठमाडौँ छाड्ने गरेकोमा यो सङ्ख्या ६०६५ हजार पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *