बार्सिलोनाको सानदार जित

काठमाडौँ । पिएरे इमरिक आउबामेयाङको दुई मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत मंगलबार राति सेल्टा भिगोलाई ३-१ अन्तरले पराजित गरेको छ ।

घरेलु मैदान नोउ क्याम्प क्याटलान क्लब बार्सिलोनाको जितमा आउबामेयाङले दुई गोल गर्दा मेम्फिस डिपाएले एक गोल गरे । सेल्टाको लागि लागो आस्पासले सान्त्वना गोल फर्काए ।

जितसँगै बार्सिलोनाको ३६ खेलबाट ७१ अंकसहित दोस्रो स्थानमा छ । पराजित सेल्टा ४३ अंक जोडेर ११औँ स्थानमा छ । ला लिगाको च्याम्पियन भने रियल म्याड्रिड बनिसकेको छ । बार्सिलोनाको दोस्रो स्थानमा रहेर लिग टुङ्गाउने सम्भावना उच्च छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *