एस्टन भिल्लामाथि लिभरपुलको जित, लिग उपाधि सम्भावना कायमै

काठमाडौँ । लिभरपुलले इंग्लिस प्रिमियर लिगमा मंगलबार एस्टन भिल्लालाई २–१ ले हराएर आफ्नो उपाधि सम्भावना कायम राखेको छ । यो जितपछि लिभरपुलले लिग तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँग अंक बराबरी गरेको छ ।

भिल्लाले खेलको छैटौं मिनेटमा डगलस लुइजको गोलले अग्रता लिएको थियो, तर जोएल माटिपले लिभरपुलका लागि बराबरी गोल गरे । खेल सकिन २५ मिनेट अगाडि साडियो मानले हेडबाट निर्णायक गोल गरे ।

यो जितसँगै उपाधि दौडमा कायम रहेको लिभरपुलले शीर्षस्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी गरेपनि गोल अन्तरमा दोस्रोमा यथावत रहेको छ । लिभरपुलको ३६ खेलबाट ८६ अंक पुगेको छ । एक खेल कम खेलेको सिटीको पनि त्यति नै अंक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *