स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सन्जु चौधरीलाई अन्तिम श्रद्धाञ्जली

काठमाडाैँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सन्जु चौधरीको मृत्यु भएको छ ।

मंगलबार ललितपुरको लुभुस्थित भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जनको घरमा सन्जु मृत भेटिएकी हुन् ।

यस्तै, खेलाडी स्व. सन्जु चौधरीलाई राष्ट्रिय खेलकुद परिषद्मा मंगलबार अन्तिम श्रद्धाञ्जली अर्पण अर्पण गरिएको थियो । चौधरीको पार्थिव शरीरमा सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले फुलमाला तथा अबिरबाट श्रद्धाञ्जली अर्पण गरे ।

यस्तै, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय झण्डा र राष्ट्रिय खेलकुद परिषद्को झण्डा ओढाउनुका साथै अबिर तथा फुल मालाले श्रद्धाञ्जली व्यक्त गरे ।

राखेपका विभागीय प्रमुखहरू, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, कर्मचारीहरू, खेलाडी तथा खेलकर्मीहरूले श्रद्धाञ्जली व्यक्त गरेका थिए । भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जनले सज्नु निकै मेहनती खेलाडी भएको र निधनले निकै क्षति पुगेको बताए ।

१९ औँ एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा सामेल हुन सन्जु काठमाडौँ आएकी थिइन् ।  उनी एसियन गेम्सका लागि प्रारम्भिक छनोटमा परेकी थिइन् । बाँके घर भएकी सन्जुले १३ औँ सागमा महिला ५९ केजी तौल समूहमा श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न जितेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *