सागमा स्वर्ण विजेता सञ्जु चौधरी ललितपुरमा मृत फेला

काठमाडौँ । भारोत्तोलन खेलाडी सञ्जु चौधरी मृत भेटिएकी छन् । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मंगलबार ललितपुरमा मृत अवस्थामा भेटिएकी हुन् ।

एसियाली खेलकुदको तयारीका क्रममा रहेकी सञ्जु ललितपुरको महालक्ष्मी नगरपालिका-९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन् । ललितपुरका प्रहरी उपरीक्षक (एसपी) सिद्धीविक्रम शाहले सन्जु बिहान ५ः३० बजे मृत भेटिएको पुष्टि गरे ।

उनकाअनुसार सञ्जु सुतेको ढोका भित्रबाट चुक्कुल लगाइएको र झ्यालमा ग्रिल लगाइएको अवस्थामा भेटिएको छ । घटनाको अनुसन्धान भइरहेकाले अहिले केही भन्न नसकिने शाहले बताए । काठमाडौँ आफन्तसँगै बस्दै आएकी सञ्जु केही समयअघि देखि प्रशिक्षक महर्जनको घरमा बस्दै आएकी थिइन् ।

बाँके राप्ती सोनारी गाउँपालिकाकी स्थायी बासिन्दा सञ्जुले दुई वर्ष अघि स्वदेशमा भएको १३ औँ सागमा भारोत्तोलनमा स्वर्ण पदक जितेकी थिइन् । एसियाली खेलकुदको तयारी गर्दै थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *