भरतपुरमा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा एक युवकको हत्या भएको छ।

भरतपुर महानगरपालिका -१२ मिलनचोक बस्ने २५ वर्षीय अनिल परियारको धारिलो हतियार प्रहारबाट आइतबार राति मृत्यु भएको हो। सोही महानगरपालिका -७ कृष्णपुर नगर प्लटिङस्थित मोटरसाइकलमा आएका २ र ३ जना अपरिचितको समूहले धारिलो हतियार प्रहार गर्दा अनिल गम्भीर घाइते भएका थिए। सो खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय चितवन र प्रहरी बिट कृष्णपुरबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाएको तर उपचाररत अवस्थामै उनको मृत्यु भएको हो।

घटनामा संलग्न फरार अभियुक्तहरूको हाल खोजी भइरहेको र घटनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *