इङलिश प्रिमियर लिग

म्यानचेस्टर सिटीलाई स्पष्ट तीन अंकको अग्रता : आर्सनल, एभर्टन र वेस्ट ह्यामको जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी पुनः शीर्ष स्थानमा उक्लिएको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले न्यूक्यासल युनाइटेडलाई ५-० गोल अन्तरले पराजित गर्दै लिगमा पुनः शीर्ष स्थानमा उक्लिएको हो ।

म्यानचेस्टर सिटीको जितमा रहीम स्टरलिङले २ गोल गरेका थिए भने आइमेरिक लापोर्टे, रोड्री र फिल फोडेनले एक एक गोल गरेका थिए । यो जितपछि म्यानचेस्टर सिटीको ३५ खेलमा ८६ अंक भएको छ र लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

यस सिजनको प्रिमियर लिग जित्ने दौडमा अब सिटीले लिभरपुलमाथि स्पष्ट ३ अंकको अग्रता हासिल गरेको छ । यस अघि दुवै क्लबबीच कडा प्रतिस्पर्धा भएको भए पनि लिभरपुल आफ्नो पछिल्लो खेलमा टोटनह्यामसँग १-१ गोलको बराबरीमा रोकिएपछि उपाधिको दौडमा पछि परेको हो ।

आइतबारका अन्य खेलमा आर्सनलले लिड्स युनाइटेड र एभर्टनले लेस्टर सिटीलाई समान २-१ ले तथा वेस्ट ह्याम युनाइटेडले नर्विच सिटीलाई ४-० ले हराएको थियो । आर्सलन ६६ अंकका साथ चौथो स्थानमा थप मजबुत बनेको छ । आर्सनलको तेस्रो स्थानको चेल्सीको भन्दा १ अंक कम र पाँचौं स्थानको टोटनह्यामको भन्दा ४ अंक बढी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *