म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले ब्राइटनसँग लज्जास्पद हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा ब्राइटनले म्यान्चेट्सर युनाइटेडलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

ब्राइटनले आफ्नो घरेलु मैदानमा उत्कृष्ट खेल देखाउदै युनाइटेडलाई हराएको छ । ब्राइटनको जितमा मोइस काइसेड़ो, मार्क कुकुरेला, पास्कल ग्रोब र लीनड्रो ट्रोसार्डले एक एक गोल गरेका थिए ।

यो जितपछि ब्राइटनको ३६ खेलमा ४७ अंक भएको छ र लिगमा नवौं स्थानमा रहेको छ । त्यस्तै म्यानचेस्टर युनाइटेड भने यो हारपछि अब अर्को सिजन च्याम्पियन्स लिगका लागि छनौट हुन असफल भएको छ ।

युनाइटेडको ३७ खेलमा ५८ अंक छ र लिगमा छैटौ स्थानमा रहेको छ । युनाइटेड अब यस सिजनमा आफ्नो अन्तिम खेल मे २२ मा क्रिस्टल प्यालेससँग खेल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *