उपाधि दौडको लिभरपुल हारबाट जोगियो

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुल टोटनह्यामसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा लिभरपुल टोटनह्यामसँग १-१ गोलको बराबरीमा रोकिएपछि उपाधि जित्ने अभियानमा धक्का लागेको छ ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि खेलको ५६औं मिनेटमा सन हेंग मिनको गोलमा टोटनह्यामले शुरुवाती अग्रता लिएको थियो । त्यसपछि खेलको ७४औं मिनेटमा लुइस डियाजले गोल गर्दै खेल बराबरी गरेका थिए ।

अब यो बराबरीपछि लिभरपुलको ३५ खेलमा ८३ अंक रहेको छ र एक खेल कम खेलेको म्यानचेस्टर सिटीसँग अंक बराबर रहेको छ । गोल अन्तरका आधारमा लिभरपुल शिर्ष स्थानमा रहे पनि सिटीसँग आज हुने न्युक्यासलविरुद्धको खेल जितेर स्पष्ट ३ अंकको अग्रता बनाउने अवसर रहेको बनेको छ ।

त्यस्तै टोटनह्यामको भने यो बराबरीपछि ३५ खेलमा ६२ अंक रहेको छ र लिगमा पाँचौ स्थानमा रहेको छ । अब च्याम्पियन्स लिगमा छनौट हुन चौथो स्थानका लागि टोटनह्याम र आर्सनलको प्रतिष्पर्धा हुने भएको छ । आर्सनलको ३४ खेलमा ६३ अंक छ र हाल चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *