अग्रता जोगाउन नसक्दा युभेन्ट्सको हार

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टस पराजित भएको छ । गएराती सम्पन्न खेलमा जिनोआले युभेन्टसलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

जिनोआले खेलको अतिरिक्त समयको ९६औं मिनेटमा पेनाल्टी गोल गर्दै युभेन्टसलाई स्तब्ध बनाएको हो । यसअघि खेलको ४८औं मिनेटमा पाउलो डिबालाले गोल गर्दै युभेन्टसलाई शुरुवाती अग्रता दिलाएका थिए भने खेलको ८७औँ मिनेटमा अल्बेर्ट गुओमूनडसनले गोल गर्दै जिनोआलाई खेलमा फर्काएका थिए ।

यो जितपछि गेनोआको ३६ खेलमा २८ अंक रहेको छ र हाल रेलिगेशन जोनमा रहेको छ । त्यस्तै युभेन्टसको भने ३६ खेलमा ६९ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *