‘साताका सात’ तस्बिर

आस्था
अहिले रातो मच्छिन्द्रनाथको रथको पाङ्ग्रालाई पुज्दै एक भक्त । धार्मिक कथनअनुसार रथको पाङ्ग्रालाई भगवानको रूप मानिन्छ ।

उद्यानमा रमाउँदै
काठमाडौँको रत्नपार्कमा फुर्सदमा रमाउँदै । काठमाडौँको मुटुमा रहेको रत्नपार्क, सुस्ताउन र मन बहलाउन उपयुक्त स्थल मानिन्छ । अहिले ज्याकारान्डा सहित अन्य मौसमी फूलहरू फुलेर रत्नपार्क झनै सुन्दर भएको छ ।

समय अनुसारको व्यापार
नेपाली कांग्रेससहित गठबन्धनका दलहरूको आमसभा चलिरहेको स्थलमा पानी बेच्दै एक व्यापारी ।

धार्मिक आस्था
रातो मच्छिन्द्रनाथको रथ तान्नुअघि पूजाआजा गर्दै भक्तजन । रातो मच्छिन्द्रनाथको रथयात्रा उपत्यकाकै लामो जात्रा हो ।

सुरक्षा सतर्कता
रत्नपार्कस्थित शान्तिबाटिकामा नेपाली कांग्रेससहित गठबन्धनका दलहरूको चुनावी आमसभा हुने स्थानमा शंकास्पद झोला देखेपछि कुकुर लगाएर सर्च गर्दै नेपाल प्रहरी ।

शान्तिको प्रतीक
रत्नपार्कमा रहेको ज्याकारान्डाको रूखमा बसेको परेवा । अहिले काठमाडौँको विभिन्न स्थानमा ज्याकारान्डा फुलेर सहर सुन्दर बनेको छ ।

आरामको समय
कामपछिको थकान मेट्दै । खाली सिसी र कागज संकलन गर्दै हिँड्ने मजदुरहरू केहीबेर आराम गर्दै ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *