दिपेन्द्र के खनालको ‘के घर के डेरा’को छायाङ्कन शुरू

काठमाडौँ ।  दीपेन्द्र के खनालको निर्देशनमा बन्न गइरहेको फिल्म ‘के घर के डेरा’को छायाँकन आज शुक्रबारदेखि शुरू भएको छ।

यसअघि, ‘पशुपतिप्रसाद’, ‘आमा’जस्ता प्रभावशाली फिल्मको निर्देशन गरिसकेका खनालले ‘ए प्लस इन्टरटेन्मेन्ट’को प्रस्तुतिमा रहेको फिल्म ‘के घर के डेरा’को निर्देशन गर्ने भएका हुन्। दयाहाङ राई, विपीन कार्की, रवीन्द्र झा, वर्षा राउतलगायतका कलाकारको अभिनय रहने उक्त चलचित्रमा हास्यव्यंग्य र सामाजिक विषयवस्तु समेटिने बताइएको छ। डेरामा बस्ने र डेरा लगाउने दुई वर्गबीचको दीर्घकालदेखि चल्दै आएका दैनिक द्वन्द्वलाई फिल्मको कथामा उनिएको निर्देशन खनालले बताएका छन्।

सिंगे लामाको कथा, महेश दवाडीको पटकथा र संवाद रहेको फिल्मको निर्माणमा शरद श्रेष्ठ, राजिव श्रेष्ठ र किरण महर्जन रहेका छन्। निर्देशक खनालका अनुसार फिल्मको सम्पूर्ण छायाँकन काठमाडौँमै हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *