नयाँ आर्थिक नीति तथा कार्यक्रमको प्रारम्भिक खाका तयार

काठमाडौँ । संघीय संसद सचिवालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा पेश गर्ने गरी प्रारम्भिक खाका तयार पारेको छ।

जेठ लागेपछि कुनै हालतमा संसदको वर्षे अधिवेशन आह्वान हुने आँकलन गरेर संसद सचिवालयले जेठ ३ गतेदेखि संसदमा प्रि बजेटको प्रारम्भिक खाका तयार गरेको हो। संघीय संसद सचिवालयलका अनुसार जेठ ३ गते अर्थमन्त्रीले बजेटको प्राथमिकता पेश गर्ने, ४ गते प्रि–बजेट छलफल गर्ने, ५ र ६ गते प्रिबजेटमाथिको छलफल र मन्त्रीबाट जवाफ प्रस्तुत गर्न दिने र जेठ ७ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको हो।

सरकारले बजेट अधिवेशन बोलाउने तयारी अगाडि बढाएपछि त्यसअनुसार संघीय संसद सचिवालयले बजेटमाथिको छलफलको प्रारम्भिक खाका तयार पारेको हो। सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गर्ने व्यवस्था छ। अब बस्ने मन्त्रिपरिषदको बैठकबाट अधिवेशन आह्वानको मिति सिफारिस हुन सक्ने सत्तारुढ दलका नेताहरूले बताएका छन्।

जेठ १५ गते बजेट संसदमा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेका कारण सरकारले स्थानीय तहको चुनावलगत्तै संसदको अधिवेशन आह्वान गर्ने गरी तयारी गरेको संघीय संसद सचिवालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *