शिक्षक चुनावी प्रचारमा हिँडे कारबाही

काठमाडौँ । शिक्षक नै खुलेआम दलका चुनावी प्रचारमा हिँडेको पाइएपछि शिक्षा विकास तथा समन्वय एकाइले त्यसो नगर्न शिक्षक तथा विद्यालय कर्मचारीको ध्यानाकर्षण गराएको छ।

एकाइ प्रमुख कुश्मराज उपाध्यायले शिक्षक दलका अभियानमा खुलेर लाग्नु आचारसंहिता विपरीत हुने बताउँदै शिक्षकलाई चुनावी प्रचारमा हिँड्न शिक्षासम्बन्धि ऐन, कानूनले नदिने स्पष्ट पारेका हुन्। एकाइले विद्यालयलाई पत्राचार गर्दै निर्वाचन आचारसंहिताविरुद्ध हुने कुनै पनि कार्य नगर्न-नगराउन भनेको छ। प्रचलित ऐन, नियम र आचारसंहिता विपरीत कार्य भएमा नियमअनुसार कारबाहीसमेत हुनसक्ने एकाइले जनाएको हो।

दलका चुनावी अभियानमा शिक्षक प्रत्यक्ष रूपमै संलग्न भएका गुनासा आएपछि त्यसलाई निरुत्साहित पार्न पहल लिइएको एकाइ प्रमुख उपाध्यायले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *