एक राउण्ड गोली र सालकको खपटासहित पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका -१२ टेकुबाट पेस्तोलमा प्रयोग हुने १ राउण्ड गोली र ९५ ग्रामको सालकको खपटासहित ५७ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले सोही ठाउँ बस्ने धनकुटा पाख्रिबास नगरपालिका -८ घर भएका ५७ वर्षीय मण्डल गिरीलाई हिजो बुधबार दिउँसो पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले कोठा जाँच गर्ने क्रममा लुकाइराखेको अवस्थामा उक्त गोली र वस्तुसहित फेला पारी उनलाई पक्राउ गरेको हो।

यसैगरी, काठमाडौँ महानगरपालिका -३१ शान्तिनगरस्थित युनिभर्सल लन्च एण्ड बार होटलबाट करिब ४ किलो ५ सय ग्राम सालकको खपटा (अखेटोपहार)सहित दुईजनालाई हिजो बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँ चाबहिल बस्ने सर्लाही बागमती नगरपालिका -३ घर भएका ३२ वर्षीय सुबिलाल सिङ्तान र काठमाडौँको थली बस्ने ओखलढुङ्गा सुनकोशी गाउँपालिका -२ घर भएका २१ वर्षीय सुवास विष्ट रहेका छन्।

उक्त होटलमा अवैध रूपमा दुर्लभ वन्यजन्तु सालकको खपटा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त नया बाँनेश्वरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त खपटासहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *