एसईई विद्यार्थीका लागि एनसेलले ल्यायो ‘पहिलो सिम’ योजना

काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले २०७९ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि विषेश अफरका रूपमा ‘पहिलो सिम’ योजना ल्याएको छ।

सो योजनामा एसईईका विद्यार्थीले प्रिपेड सिमको खरिदमा सोसल मिडिया प्रयोग गर्नक लागि ४ जीबी डेटाका साथै रिचार्जमा बोनस लगायतका विभिन्न फाइदा लिन सक्छन्। गत शुक्रबार वैशाख १६ गतेदेखि सञ्चालनमा आएको यो योजना एसईई २०७९ को परीक्षाको प्रवेश पत्र भएका  विद्यार्थीहरूले लिन सक्नेछन्। प्रवेश पत्रका साथसाथै विद्यार्थीहरूले आफ्नो वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपि, एकप्रति पासपोर्ट साइज फोटोसहित नजिकैको एनसेल सेन्टरबाट र डाइरेक्ट सेलिङ प्वाईन्टहरूबाट ‘पहिलो सिम’ लिन सक्नेछन्।

करसहित मात्र रु. ४८ मा लिन सकिने यो सिम कार्डमा विद्यार्थीले रु. १० को मेन ब्यालेन्ससहित सामाजिक सञ्जाल (फेसबुक, यूट्यूब र टिकटक) प्रयोग गर्नका लागि ४ जीबी डेटा (हरेक हप्ता १ जीबी डेटा गरी ४ हप्ता सम्म)को फाइदा लिन सक्नेछन्। यसका साथै, पहिलो सिम प्रयोग गर्ने विद्यार्थीले रिचार्जमा बोनसको पनि फाइदा लिन सक्छन्। जसअन्तर्गत विद्यार्थीले ६ महिनासम्म हरेक रु. ५० वा सोभन्दा बढीको रिचार्जमा सामाजिक सञ्जाल चलाउनका लागि १ जीबी डेटा बोनस स्वरूप प्राप्त गर्नेछन्। प्राप्त बोनस डेटा ७ दिनको लागि मान्य रहनेछ।

सामाजिक सञ्जालको प्रयोगको लागि निश्चित डेटा भोलुभसहित एसईई दिएका विद्यार्थीका लागि पहिलो सिम योजनालाई निरन्तरता दिन पाएकोमा कम्पनी खुसी रहेको एनसेलले जनाएको छ। विद्यार्थीहरूलाई यस सिम कार्डले नयाँ सम्भावना तथा अवसरहरूसँग सहजै जोडिन सहयोग गर्नुका साथै साथीभाई, परिवारजनसँग सम्पर्कमा रहिरहन मद्दत पुर्याउनेमा समेत एनसेलले विश्वास लिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *