मुख्यमन्त्री राउतद्वारा इद उल फित्रको शुभकाना

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मावलम्बीहरूको मुख्य पर्व इल उल फित्रका अवसर शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्री राउतले मुलुकमा भाइचाराको सम्बन्ध, सुख र शान्तिको अभिवृद्धि गरोस् भन्ने कामनाका साथ इद उल फित्रको शुभकामना दिएका हुन्। इद उल फित्र पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भाइचाराको महत्त्वपूर्ण पर्व इद उल फित्र हर्षोल्लासका साथ मनाउन आग्रह गरे। मुख्यमन्त्री राउतले मुलुकवासी तथा प्रदेशवासीहरूको सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामनासमेत गरेका छन्।

इद उल फित्रका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *