भारतीय कांग्रेस नेता राहुल गान्धी काठमाडौँ भ्रमणमा

काठमाडौँ । भारतीय कांग्रेस नेता राहुल गान्धी काठमाडौँ भ्रमणमा आइपुगेका छन्।

भारतको प्रमुख प्रतिपक्षी दल ‘भारतीय राष्ट्रिय कंग्रेस पार्टी’का नेता राहुल गान्धी छुट्टी मनाउन काठमाडौँ आएका हुन्। भिस्तार एयरलाइन्सको विमानबाट आजै सोमबार अपराह्न ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनी हाल काठमाडौँको नागपोखरीस्थित होटल मेरियटमा बसेका छन्।

पाँच दिनका लागि नेपाल भ्रमणमा आएका नेता गान्धीको आगामी बिहीबार पूर्वराजदूत भीम उदासकी छोरी सुम्‍निमा उदासको वैवाहिक समारोहमा सरिक हुने कार्यक्रम रहेको छ। नेपाल भ्रमणका क्रममा रारा वा मुस्ताङ भ्रमणमासमेत गान्धी निस्किन सक्ने स्रोतले बजनाको छ।

साढे तीन वर्षको अन्तरालमा नेपाल आइपुगेका उनी शुक्रबार भारत फर्कनेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *