चितवनमा एमालेद्वारा ७ बागी उम्मेदवारलाई कारबाही

भरतपुर । नेकपा एमाले चितवनले सातजना बागी उम्मेदवारलाई कारबाही गरेको छ।

अध्यक्ष रामप्रसाद न्यौपानेद्वारा जारी गरिएको विज्ञप्तिमा व्यक्तिगत स्वार्थले अभिप्रेरित भई पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गरेका सातजनालाई एमाले चितवनले कारबाही गरेको जनाएको छ। उनका अनुसार नेकपा एमालेबाट बागी उठेका सातजना उम्मेदवारलाई संगठित सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।

राप्ती नगरपालिकाको मेयर पदका बागी उम्मेदवार जीतबहादुर विक, राप्ती नगरपालिका वडा नं ७ मा वडा अध्यक्षको बागी उम्मेदवार, सुमिता डल्लाकोटी राप्ती नगरपालिका वडा नं ७ मा वडा सदस्यको बागी उम्मेदवार बोधप्रसाद रिजाल, राप्ती नगरपालिका वडा नं ५ का बागी उम्मेदवार रामबहादुर सारु मगर, खैरहनी नगरपालिका वडा नं ८ को वडा अध्यक्षको बागी उम्मेदवार टेकबहादुर थापा, खैरहनी नगरपालिकाको मेयरका बागी उम्मेदवार विकास डल्लाकोटी र रत्ननगर नगरपालिकाको उपमेयर पदका बागी उम्मेदवार विरन्जना घिमिरे कारबाहीमा परेका हुन्।

एमालेको विधानको धारा ८० को उपधारा ६ र धारा ८१ को उपधारा १ अनुसार कारबाही गरिएको अध्यक्ष न्यौपानेले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *