मेयर उम्मेदवार रजनी; मेयर नहुँदै समाजसेवा, तीन विषयमा डिग्री

काठमाडौँ । काठमाडौँको उत्तरी क्षेत्रमा पर्ने टोखा नगरपालिकाको स्थानीय तहको निर्वाचनमा ३० वर्षीया रजनी थापाले उम्मेदवारी दिएकी छन्। मेयरमा उम्मेदवारी दिएकी थापाको नगरपालिकाभित्र र बाहिर समेत चर्चा चल्न थालेको छ।

सामाजिक सेवामा अहोरात्र खट्दै आएकी यी थापाको क्रियाशिलता देखेर नगरवासी पनि छक्क पर्ने गरेका छन्। सामाजिक क्षेत्रमा लोकप्रीय यी महिलाको राजनीति गर्ने चाहना, योजना र क्रियाकलाप देखेर धेरैले कसरी सम्भव भएको होला भनी अचम्म मान्ने गरेका छन्। ३० वर्षीया थापाले
३ विषयमा स्नातकोत्तर हासिल गरिसकेकी छन्।

टोखा नगरपालिका वडा नं ३ स्थायी घर भएकी रजनी थापाको क्रियाकलाप मात्र होइन, संलग्नता हेर्दा उनलाई बहुमुखी प्रतिभाकी धनी भन्दा पनि फरक पर्दैन। नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्ष भएकी रजनी लाइन्स क्लब काठमाडौँ देउराली धापासीकी अध्यक्ष हुन्। फ्लाट प्लगको सद्भावना दूत भएकी रजनी नेपाल मौरिसस बिजनेस काउन्सिलकी कोषाध्यक्ष, सिँगटी हाइड्रो पावरकी संचालक सदस्य, रजनी स्टार प्रा.लि.की अध्यक्ष, रजनी सचेतना नेपाल फाउण्डेसनकी प्रमुख, राष्ट्रिय गोजुरियो कराते डो एसोसिएसन नेपालकी सचिवसमेत हुन्।

रजनी सचेतना नेपाल फाउण्डेसनमार्फत् उनले महिला जागरण, सचेतनादेखि महिला सुरक्षाका विषयमा देशव्यपाी रूपमा आफ्नै सक्रियतामा कार्यक्रम सञ्चालन गर्दै आएकी छन्। महाभुकम्पको समयमा विपत्तिमा परेका नागरिकको सेवादेखि कोभिड १९को महामारीका बेला लकडाउनका कारण समस्यामा परेका नागरिकको सेवासमेत उनले सो संस्थाबाट गरेकी छन्।

चाइल्ड डेभलेपमेन्ट एण्ड जेण्डर सोसलाइजेसन, राजनीति शास्त्र र सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेकी रजनीले एलएलबी उतिर्ण गरी बिएन नर्सिङको समेत अनुभव लिएकी छन्। उनै रजनीलाई आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले टोखा नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादीको गठबन्धनका उम्मेदवारसँग उपमेयरको उम्मेदवार हुँदा करिब ५० मतको अन्तरालमा पराजित भएकी रजनीको लोकप्रियतालाई देखेर कांग्रेले मेयरमा पदका लागि टिकट दिएको हो।

रजनीले आफूले मेयरमा विजयी भएपछि स्वास्थ्य र शिक्षा क्षेत्रमा विशेष कार्यक्रम ल्याउने भन्दै आफ्नो कार्यकालमा राज्यबाट एक पैसा पनि सुविधा नलिने खाली अधिकारको पूर्ण प्रयोग गरेर गर्दै आएका कामहरू र नयाँ योजनाहरूलाई थप चुस्त स्फुर्त रूपमा अघि बढाउने घोषणा गरिन्। कांग्रेसले अघि सारेको कोखदेखि शोकसम्म भन्ने नारालाई प्रत्यक्ष अनुभूति हुने गरी कार्यान्वयन गरेर देखाउने प्रतिज्ञा उनले गरेकी छन्।

टोखालाई अझै सुन्दर र हरियाली नगर बनाउने आफ्नो तीव्र चाहनालाई उनले योजनाबद्ध गरेकी छन्। प्रतिस्पर्धीहरूले भने उनको उमेर मेयर पदका लाउि नपुग्ने बताइरहँदा उनी भने आफूले गर्दै आएको समाजसेवाका कार्यक्रमहरूलाई विशेष अधिकारकासाथ अझै ठूलो स्केलमा अघि बढाउन मेयर पदका लागि उम्मेदवारी दिएको बताउँछिन्।

चुनावी प्रचारप्रसारका क्रममा घर दैलो कार्यक्रममा हिँड्दा आफूलाई धेरैजसो महिला र वृद्ध वृद्धाले आशिर्वाद दिने गरेको उनको अनुभव छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *