हालान्डको ह्याट्रिकका बावजुत डर्टमुन्ड स्तब्ध

काठमाडौँ । बुण्डेसलिगा अन्तर्गतको खेलमा बोरिसिया डोर्टमण्ड बोचुमसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा बोचुमसँग डोर्टमण्ड ४-३ गोल अन्तरले पराजित भएको हो ।

डोर्टमण्डका लागि एर्लिंग हालाण्डले ह्याट्रिक गरेपनि हारबाट भने बचाउन सकेनन् । बोचुमका लागि सेबास्टेन पोल्टर, गेरिट होल्टमन, जर्गन लोकडिया र मिलोस पान्टोभिकले एक एक गोल गरेका थिए । त्यस्तै डोर्टमण्डका लागि हालाण्डले ह्याट्रिक गरेका थिए ।

यो जितपछि बेचुमको ३२ खेलमा ३९ अंक भएको छ र लिगमा ११औं स्थानमा रहेको छ । त्यस्तै डोर्टमण्डको भने ३२ खेलमा ६३ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । यस सिजनको बुण्डेसलिगाको उपाधि भने बायर्न म्युनिखले जितिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *