रियल म्याड्रिडले जित्यो ला लिगाको उपाधि

काठमाडाैँ । रियल म्याड्रिडले स्पेनिस ला लिगाको उपाधि जितेको छ । रियल म्याड्रिडले शनिबार इस्पेनियोलविरुद्ध ४-० को शानदार जित हासिल गर्दै ४ खेल अघिनै ला लिगाको उपाधि जितेको हो ।

रियल म्याड्रिडको जितमा रोड्रीगोले २ गोल गरेका थिए भने मारको असेन्सियो र करिम बेन्जमाले एक एक गोल गरेका थिए । यो जितपछि रियल म्याड्रिडको ३४ खेलमा ८१ अंक हासिल गर्दै यस सिजनको ला लिगाको उपाधि ४ खेलअघि नै जितेको हो । दोस्रो स्थानमा रहेको सेभियाको ३४ खेलमा ६४ अंक रहेको छ र रियलभन्दा १७ अंकले पछाडी रहेको छ ।

योसँगै रियल म्याड्रिडले ३५औँ पटक ला लिगाको उपाधि जितेको छ । रियल म्याड्रिड सबैभन्दा धेरै पटक ला लिगाको उपाधि जित्ने क्लब हो । रियलपछि बार्सिलोनाले २६ र एटलेटिको म्याड्रिडले ११, एथलेटिक बिल्बाओले ८ भलेन्सियाले ६ र रियल सोसीडियाडले २ पटक ला लिगाको उपाधि जितेका छन् । डिपोर्टिभो ला कुराना, सेभिया र रियल बेटिसले एक एक पटक ला लिगाको उपाधि जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *