म्यानचेस्टर सिटी पुनः शीर्ष स्थानमा फर्कियो

काठमाडौँ । इङलिश प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर सिटी पुनः शीर्ष स्थानमा फर्किएको छ । शनिबार राति भएको खेलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले लिड्स युनाइटेडलाई पराजित गर्दै प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको हो ।

शीर्ष स्थानको सिटीले लिड्स युनाईटेडलाई ४-० ले पराजित गरेको हो । सिटीको जितमा रोड्री, नाथन एके, ग्राबियल जिसस र फर्नान्डिन्होले १-१ गोल गरे । पहिलो हाफमा एक गोल गरेको सिटीले दोस्रो हाफमा तीन गोल गरेको थियो । जितसँगै सिटी ३४ खेलबाट ८३ अंक जोडेर शीर्ष स्थानमा छ । लिड्स ३४ अंक जोडेर १७औँ स्थानमा छ ।

एस्टन भिल्लासँग २-० अन्तरले पराजित भएसंगै नर्विच रेलिगेसनमा परेको हो । रेलिगेशनमा परेको नर्विचले आगामी सिजन च्याम्पियनसिप खेल्नेछ । खेलमा एस्टनलाई जित दिलाउन ओली वाट्कीन्स र ड्यानी इन्ग्सले १-१ गोल गरे । जितसँगै एस्टन ४० अंक जोडेर १३ औँ स्थानमा स्थानमा छ । नर्विच २१ अंक जोडेर पुछारमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *