अन्तिम समयमा गोल खाँदै पिएसजी रोकियो

काठमाडाैँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजी स्ट्रासबर्गसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा लिगको उपाधि जितिसकेको पिएसजीलाई स्ट्रास बर्गले ३-३ गोलको बराबरीमा रोकेको हो ।

पिएसजीले आफ्नो ३-१ गोलको अग्रता जोगाउन नसक्दा खेल बराबरी भएको थियो । पिएसजीका लागि किलियन एम्बाप्पेले २ गोल गरेका थिए भने आचरफ हाकिमीले एक गोल गरेका थिए ।

त्यस्तै स्ट्रासबर्गका लागि केभिन गमेरियो र एन्थोनी काकीले एक एक गोल गरेका थिए भने एक गोल मारको भेराटीले आत्मघाती गोल गरेका थिए । यो बराबरीपछि पिएसजीको ३५ खेलमा ७९ अंक रहेको छ भने स्ट्रास बर्गको ३५ खेलमा ५७ अंक भएको छ र लिगमा पाँचौ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *