‘साताका सात’ तस्बिर

आराम 
अहिले रातो मच्छिन्द्रनाथको रथ बनाउने काम शुरू भएको छ । रथ बनाउने कामबाट एकैछिन विश्राम लिँदै एक वृद्ध

मेलम्चीको पानी 
सुन्दरीजलमा अवस्थित खानेपानी प्रशोधन केन्द्र । मेलम्चीको पानी सुरुङमार्फत काठमाडौँ आउँदा यहाँ आएर फिल्टर गरेपछि मात्र वितरण हुने गर्छ ।

सुन झैँ पहेँलपुर कान्ला 
अहिले कान्ला र फाँटहरूमा गहुँ पाकेर पहेँलपुर भएका छन् । अहिलेको सिजन गहुँ, उवा, जौ जस्ता बाली पाक्ने सिजन हो ।

पूर्व तयारी
कुनै पनि कार्यक्रम हुनुपूर्व कार्यक्रमस्थलमा मिडियाकर्मीको पूर्व तयारी हुने गर्दछ । अझ टेलिभिजनकर्मीहरूलाई त यस्ता तयारी झनै आवश्यक पर्दछन् ।

७२ साल अघि र पछि 
राजधानीको एक ग्रामीण क्षेत्रमा ७२ को भूकम्पबाट क्षति पुगेको घर र त्योसँगै निर्माण भएको नयाँ घर । ७२ को भूकम्पपछि नेपालको धेरै क्षेत्रमा नयाँ निर्माण भएको देख्न सकिन्छ ।

टेस्ट ड्राइभ 
काठमाडौँमा सञ्चालन भइरहेको यामाहा मोटरसाइकलको एक्सचेन्ज मेलामा नयाँ मोडेलको मोटरसाइकल टेस्ट ड्राइभ गर्दै अभिनेता अनमोल केसी

दाउराको जोहो 
काठमाडौँको ग्रामीण भेगमा दाउराको जोहो । अझै पनि काठमाडौँको ग्रामीण भेगमा खाना बनाउन दाउराकै आगो बाल्ने चलन रहेको छ । यस्ता क्षेत्रमा हिउँदमा दाउरा काटेर सुकाई बर्खा यामका लागि जोहो गर्ने गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *