‘सरकार भनेकै कर्मचारी वर्ग हो’ – खानेपानी मन्त्री उमाकान्त चौधरी

हेटौँडा । खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकार एक कर्मचारी वर्ग भएको टिप्पणी गरेका छन्।

खानेपानी मन्त्रालयद्वारा आज शुक्रबार हेटौँको मकवानपुरमा आयोजित ‘सुशासन तथा वित्तिय अनुशासन’सम्बन्धी दुईदिने गोष्ठीको उद्घाटन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन्। उनले स्थायी सरकार भनेकै कर्मचारी वर्ग भएकोले जनताको सेवामा आफ्नो जिम्मेवारी पूरा गर्दै गर्दा वित्तीय अनुशासन कायम भए जनतामा अझ विश्वास र भरोसा बढ्दै जाने बताएका हुन्।

दुई दिने गोष्ठीमा मन्त्रालयका सचिव सुरेश आचार्य, विभागका महानिर्देशक सूर्यप्रसाद कँडेल, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजिवविक्रम राणा, मन्त्रालयका सहसचिव ज्ञानप्रसाद ढकाल, अर्का सहसचिव तिरेशप्रसाद खत्री, विभाग तथा मन्त्रालय मातहतका कार्यालयका प्रमुख तथा कर्मचारीहरूको सहभागिता थियो।

कर्मचारी वर्गमा सुशासन र वित्तीय अनुशासन कायम भए देश विकासमै टेवा पुग्ने मन्त्री चौधरीले बताएका छन्। गोष्ठी भोलि शनिबारसम्म चल्नेछ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *