रोनाल्डोको गोलमा म्यानचेस्टर हारबाट जोगियो

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाईटेडले बराबरी खेल्दै अंक बाडेका छन् । बिहीबार राति भएको खेलमा चेल्सी र युनाईटेडले १-१ गोलको बराबरी खेलेका हुन् ।

युनाईटेडको मैदानमा सुरुआती अग्रता भने चेल्सीले बनाएको थियो । मार्कोस अलन्सोले ६० औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, ६२ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा ल्याए ।

यो बराबरीपछि चेल्सी ३३ खेलबाट ६६ अंक जोडेर तेस्रो स्थानमा छ भने युनाइटेड ३५ खेलबाट ५५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *