यस्ता छन् मेयरकी उम्मेदवार सिर्जनाका ७ संकल्प

'मलाई जिताउनुस्, महानगरकाे शिर उच्च राख्छु'

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकामा मेयर पदकाे उम्मेदवार बनेकी कांग्रेस नेतृ सिर्जना सिंहले आफूले जिते महानगरकाे मुहार फेरिने संकल्प गरेकी छन् । बिहीबार बबरमहलस्थित कार्की बैंक्वेटमा आयाेजित कार्यक्रमका बीच संकल्पपत्र सार्वजनिक गर्दै सिंहले यस्ताे बताएकी हुन् । ‘म आग्रह गर्छु,’ उनले भनिन्, ‘मलाई जिताउनुस् म महानगरकाे शिर उच्च राख्छु, महानगरकाे मुहार फेर्छु ।’

उनले ७ संकल्प सार्वजनिक गरेकी छन् । उनकाे ७ संकल्पमा सेवा र सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ र सफा सहर, दिगो पर्यटन, सहरी सुरक्षा, संस्कृति, सम्पदा र सभ्यता, सबल र समावेशी पूर्वाधार, स्वावलम्बी महिला, सबल युवा, सृजनशील महानगरवासी छन् ।

सिंहले महिलाहरूका लागि विशेष कार्यक्रम अघि बढाउने प्रण गरेकी छन् । ‘रातिसम्म काम गरेर सहज हिँड्डुल गर्न गाह्रो छ,’ उनले भनिन्, ‘म मेयर भए त्यो समस्या हटाउँछु । त्यसका लागि झिलिमिली सडक बनाएर, सिसिटिभी क्यामराहरू राख्छु । म छाेरी/महिलाहरूलाई रातभरी काठमाडाैँमा हिँड्डुल गर्नसक्ने बनाउँछु, सुरक्षित राख्छु ।’

Prakashsharan mahat _ MK

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *