‘कबड्डी-४’ को ट्रेलर सार्वजनिक (भिडिओसहित)

काठमाडाैँ । केशरी बाेलकाे गीतबाट चर्चा कमाइरहेकाे बहुप्रतिक्षित नेपाली चलचित्र ‘कबड्डी ४’ को ट्रेलर सार्वजनिक भएको छ ।

रामबाबु गुरुङ निर्देशित चलचित्रमा विशाल गुरुङ एलजी, सुष्मा गुरुङ, मधु मिजार, मणिराम पोखरेल र ओमचन्द रौनियारले सयुक्तरूपमा लगानी गरेका छन् ।

आगामी जेठ १३ गते रिलिजको तयारीमा रहेको चलचित्रमा बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, जयनन्द लामा, पुष्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, शारदा गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् ।

ट्रेलरमा प्रेममा धोका खाएका काजी लामा बन्न बौद्ध गुम्बा पुगेको दृष्य  देख्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =