डडेल्धुरा कांग्रेसका निवर्तमान सभापति मल्ल पार्टीबाट निष्कासित

धनगढी । नेपाली कांग्रेस डडेल्धुराले निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ललाई कारबाही गरेको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै मल्ललाई पार्टीको सदस्यसमेत नरहने गरी हटाइएको जानकारी गराएका हुन्। मल्लले पार्टीको विधान विपरीत कार्य गरेको भन्दै सदस्यसमेत नरहने गरी हटाइएको कांग्रेसले जनाएको छ।

स्थानीय तहको निर्वाचनका लागि उनले डडेल्धुरामा नेपाली कांग्रेस (विपी)को तर्फबाट जिल्लामा नेकपा एमालेसँग तालमेल गरेका छन्। एमालेसँग तालमेल गरेर जिल्लाका विभिन्न पालिकामा उम्मेदवारसमेत खडा गरिएका छन्। पार्टीले सो गतिविधिलाई दल विरोधी कार्य भनेको हो।

विज्ञप्तिः

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.