फोटो पत्रकारिता दिवसमा प्रभातफेरी (तस्बिरहरू)

काठमाडौँ । आज ९५ औँ राष्ट्रिय फोटो पत्रकारिता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालको पत्रकारिताको इतिहासमा फोटो पत्रकारिताको सम्बन्ध करिब एक शताब्दी पुग्न लागेको छ ।

नेपालमा पत्रकारिताको इतिहाससँग जोडिएर आउने गोरखापत्र दैनिक पत्रिका नेपालको फोटो पत्रकारितामा पनि जोडिएर आएको छ । नेपालमा पहिलो पटक फोटोलाई समाचारको रूपमा गोरखापत्रले वि.सं. १९८४ वैशाख १३ गते प्रकाशन गरेको थियो ।

त्यही फोटो नै नेपालको फोटो पत्रकारिताको इतिहासमा समाचारको रूपमा प्रकाशित पहिलो फोटो भएकाले यस दिनलाई नेपालका फोटो पत्रकारहरूले राष्ट्रिय फोटो पत्रकारिता दिवसको रूपमा मनाइँदै आइरहेका छन् ।

फोटो पत्रकारिता दिवसको उपलक्ष्यमा आज राष्ट्रिय फोटो पत्रकार समूह नेपालले भृकुटीमण्डपदेखि वसन्तपुरसम्म प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *