कांग्रेसबाट काठमाडौँ मेयरमा सिर्जना सिंहको उम्मेदवारी १ बजे दर्ता गरिँदै

काठमाडौँ । नेपाली कांग्रेसले काठमाडौँ महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार तय गरेको छ।

कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहको आज सोमबार दिनको १ बजे उम्मेदवारी दर्ता गरिने बताइएको छ। सिंहको काठमाडौँ महानगरको मेयर पदको उम्मेदवारीसँगै अन्य सम्पूर्ण वडा प्रतिनिधिहरूको समेत आजै मनोनयन गरिने पार्टीको महानगर समितिले जानकारी गराएको छ।

कांग्रेस नेता सिंहका स्वकीय सचिव युपी लामिछानेका अनुसार आज दिउँसो र्‍यालीसहित सिंहको उम्मेदवारी दर्ताको तयारी भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *