निर्वाचन आयोगको अपिल, ‘अनुकूल समयमै मनोनयन दर्ता गरौँ’

काठमाडौँ । निर्वाचन मितिका लागि २० दिन मात्रै बाँकी रहँदै गर्दै निर्वाचन आयोगले उम्मेदवारहरूलाई दुई दिनको समयभित्र मनोनयन दर्ताका लागि अपिल गरेको छ।

आयोगले उम्मेदवारहरूसँग आफ्नो अनुकूल समय मिलाई अबको दुई दिनभित्र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई आ-आफ्नो मनोनयन दर्ता गर्न अपिल गरेको हो। स्थानीय तह सदस्य निर्वाचनका लागि वैशाख ११ गते र १२ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ।

आयोगका अनुसार विगतमा १ दिनमा स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रमका लागि मात्र १ दिनको समय छुट्याइँदा मनोनयन दर्ता, उम्मेदवार, राजनीतिक दल, निर्वाचन अधिकृतको कार्यालय समेतलाई चाप धान्न कठिन भएको थियो। सो कारण यसपटक थप एक दिनको समय बढाइएको आयोगको भनाइ छ।

एक दिनको समय थप गरी दर्ता प्रक्रियाका लागि दुई दिनको समय उपयुक्त हुने भन्ने राजनीतिक दल तथा अन्य सरोकारवालाबाट आयोगलाई सुझाव प्राप्त भएको आयोगले बताएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *