चन्द्रागिरिमा साडी बाँड्ने कार्यक्रम निर्वाचन आयोगद्वारा स्थगित

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाको एक वडामा आयोजित महिलालाई साडी बाँड्ने कार्यक्रम निर्वाचन आयोगको निर्देशनपछि स्थगित भएको छ।

आयोगले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै चन्द्रागिरि नगरपालिकाको वडा नम्बर ८ ले  आयोजना गरेको सो कार्यक्रम तत्काल रोकन निर्देशन दिएको हो। हिजो शुक्रबार सो वडाका वडाध्यक्ष सन्तोष खड्काको हस्ताक्षरसहित जारी एक सूचनामा महिलाहरूलाई शनिबार दिउँसो २ बजे साडी बाँड्न लागेको उल्लेख गरिएको थियो। ‘वडा कार्यालयमा साडी पाऊँ भनी आवेदन दिनुभएका दिदी बहिनीहरूले तपसिलको मिति, समय र स्थानमा साडी बाँड्ने कार्यक्रम रहेकोले वडा कार्यालयमा आई साडी बुझिलिनु हुन अनुरोध छ,’ वडाध्यक्ष खड्काले जारी गरेको सूचनामा उल्लेख छ।

निर्वाचन आयोगका सहसचिव यज्ञ भट्टराईले वडाध्यक्ष खड्कालाई फोन गरेर कार्यक्रम तत।काल रोक्न मौखिक निर्देशन दिएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *