टिप्पणी र आदेश पर्खेर नबस्न प्रमुख निर्वाचन आयुक्तको निर्देशन

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालन भएसँगै निर्वाचनको तयारी लगभग पूरा भएको बताएका छन्।

अब निर्वाचन हुने नहुने भन्ने शङ्कालाई थन्क्याइदिए हुने स्पष्ट पार्दै उनले निर्वाचन व्यवस्थापन र सञ्चालनका लागि जिम्मेवारी र अधिकारका दृष्टिले केन्द्र माथिल्लो निकाय भएकाले कुनै समस्या आइपरेमा टिप्पणी र आदेश पर्खेर नबसी तत्काल सम्बोधन गर्न केन्द्रका अधिकारीलाई निर्देशन दिएका छन्। प्रमुख आयुक्त थपलियाले दललाई निर्वाचन आचारसंहिताको पालना गर्न र  तडकभडकपूर्ण प्रचारप्रसार नगर्न आग्रह गर्दै भने, “दल जनताको मनमनमा टाँसिने हो। पर्खालमा टाँसिएका पोष्टरमा होइन।’

उम्मेदवारी दर्ता गर्न जाँदा तीन-तीन इञ्चको पार्टीको झण्डा र निर्वाचन चिह्नबाहेक अरू कुरा प्रदर्शन गरिएमा उम्मेदवारी दर्तासँगै उम्मेदवारलाई सङ्कट पनि पर्न सक्ने उनले पूर्व जानकारी गराएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *