‘साताका सात’ तस्बिर

झोलुङ्गेमा सूर्योदय
साँगामा रहेको झोलुङ्गे पुलमा बिहानीको सूर्योदय । साँगामा रहेको शिव मन्दिरमा जानका लागि केही वर्षअघि यो झोलुङ्गे पुलको निर्माण गरिएको थियो ।

ठाँटिएर परीक्षा हलमा
वैशाख ९ गतेबाट शुरू भएको एसइई परीक्षा दिन दौरा सुरुवालमा ठाँटिएर परीक्षा हलमा जाँदै गुरुकुल संस्कृत विद्यालयका विद्यार्थीहरू ।

चर्दै जरायो
गोकर्ण जंगलमा आनन्दले चर्दै जरायोहरू । स्व. वीरेन्द्रको नाममा रहेको गोकर्ण जंगल हाल नेपाल ट्रस्ट अन्तर्गत रहेको छ । यो जंगलमा नेपालकै ठूलो १८ होलको गल्फकोर्स समेत रहेको छ ।

घाँसको जोहो
गाईबस्तुलाई खुवाउन जंगलबाट घाँसको भारी लिएर घरतर्फ जाँदै काठ क्षेत्रका महिलाहरू । काठ क्षेत्रमा अझैपनि गाईबस्तु पाल्ने चलन रहिआएको छ ।

माकुरी जालैमा
आफ्नो जालो बुन्दै व्यस्त माकुरो । माकुरोले बुनेको जालोमा झिँगालगायतका किराहरू अड्किने हुँदा त्यस्ता किरा माकुराको आहारा बन्दछन् ।

पर्यटकीय मौसम
कोरोनाको कहर केही शान्त भएपछि नेपालका पर्यटकीय स्थलहरूमा पर्यटकको चहलपहल बढ्न थालेको छ । भक्तपुरको प्रसिद्ध न्यातापोल मन्दिर रहेको तौमदी टोलको एक रेस्टुरेन्टमा थकाइ मार्दै पर्यटक ।

बच्चा सबैका राम्रा
बच्चा भनेपछि सबै जीवका राम्रा नै हुन्छन् । अगाडि राखेको गाजर खान डराइरहेको बाँदरको बच्चा ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *