नवौँ राष्ट्रिय खेलकुदमा ३६ खेलका ६ हजार ८ सय खेलाडी सहभागी हुने

काठमाडाैँ । गण्डकी प्रदेशमा हुने नवाैँ राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गराइने भएको छ ।

शुक्रबार काठमाडौँमा बसेको राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले नवाैँ राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गर्ने निर्णय गरेको छ ।

त्यस्तै, ठेलो र क्यानोनिङ खेललाई प्रदर्शनी खेलका रूपमा राख्ने निर्णय भएको राखेपका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए । बैठकले जेठ २२ देखि २८ सम्म हुने उक्त प्रतियोगिताका लागि निर्देशिका समेत पारित गरेको छ ।

राष्ट्रिय खेलकुदमा अनुमानित ६ हजार ८ सय खेलाडी , एक हजार प्रशिक्षक, ५ सय व्यवस्थापक, १ सय १४ संघ प्रतिनिधि र एक हजार निर्णायक रहने घिसिङले बताए ।

त्यस्तै, १९ औँ एशियाली खेलकुदमा २३ खेलमा सहभागिता जनाउने निर्णय भएको छ । बैठकले चीनमा हुने एशियन गेम्सका लागि चाँडै खेलाडीको तयारी पनि शुरू गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

एशियाली खेलकुदमामा १५० खेलाडी, २८ प्रशिक्षक, २० व्यवस्थापक सहभागी हुने अनुमान गरिएको घिसिङले बताए ।

राखेपको बोर्ड बैठकले संघ संस्थाको निर्देशिका पारित गर्ने निर्णय गरेको छ भने जापानमा भएको ओलम्पिकमा सहभागी हुँदाको खर्च पारित गर्नेसम्मको निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *