केकीलाई पछ्याउँदै ‘वर्षा’ले पनि गर्दै आज सुटुक्क विवाह

काठमाडौँ । नेपाली चलचित्रकी लोकप्रिय अभिनेत्री वर्षा शिवाकोटी आज शुक्रबार विवाह बन्धनमा बाँधिने भएकी छन्।

हिजो बिहीबार मात्र अभिनेत्री केकी अधिकारीले पनि आकस्मिक रूपमा विवाह गरी नेपाली दर्शकहरूलाई आश्चर्यमा पारेकी थिइन्। केकीले जस्तै अभिनेत्री वर्षाले पनि सट्याकसुटुक विवाह गर्ने तयारी गरेकी हुन्। वर्षाले आज शुक्रबार गोप्य तवरले अमेरिका बस्ने आफ्ना इन्जिनियर प्रेमीसँग विवाह गर्न लागेकी हुन्। 

काठमाडौँको बालुवाटारमा घर भई हाल अमेरिका बस्दै आएका वर्षाका प्रेमीको विस्तृत परिचय भने अझै खुलेको छैन। दुई महिनाअघि मात्रै वर्षा अमेरिका गएर फर्किएकी थिइन्। उनी त्यसबेला विवाहकै तयारीका लागि अमेरिका गएको हुनसक्ने अनुमान गरिएको छ।

वर्षाले सीमित आफन्त र साथीभाईकाबीच विवाह गर्ने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *